न्यायपालिकाको नेतृत्व र सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुने नेपाल बारको चेतावनी « Khabarhub

न्यायपालिकाको नेतृत्व र सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुने नेपाल बारको चेतावनी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनले राज्यका निकायहरू बीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारण प्रतिकूल हुने क्रियाकलापको सधैँ विरोध र भर्त्सना गर्ने जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद विस्तारमा आफ्नो मान्छेलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको भनेर आएको समाचारका सन्दर्भमा सोमबार अपराह्न विज्ञप्ति जारी उक्त चेतावनी दिएको हो ।

प्रधानन्यायाधीशका बारेका आएको समाचार साँचो हो भने न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामा गम्भीर संकट उत्पन्न भएको नेपाल बारको ठहर छ । यस्तो अवस्थामा न्यायपालिकाको नेतृत्व र सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने नेपाल बारको चेतावनी छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ३ : ४३ बजे

लामिन यामल भन्छन्- मेसी नै विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ