कर्णाली प्रदेशका मुख्यमन्त्री र बेलायती विशेष दूतबीच भेटवार्ता « Khabarhub

कर्णाली प्रदेशका मुख्यमन्त्री र बेलायती विशेष दूतबीच भेटवार्ता


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती प्रधानमन्त्रीका बाल शिक्षा हेर्ने विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको छ ।

बेलायती सांसदसमेत रहेकी विशेषदूत ग्रान्ट र मुख्यमन्त्री शाहीबीच आज भएको भेटवार्तामा कर्णालीको बालिका शिक्षा र महिला सशक्तिकरणका विषयमा छलफल भएको भएको थियो ।

सोही क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको शिक्षा र स्वास्थ्यका साथै विकासमा बेलायती सरकारको सहयोग रहेको र अगामी दिनमा पनि जारी रहने बताए ।

विशेष दूत ग्रान्टले कर्णाली प्रदेशको समग्र विकासमा आफ्नो सहयोग रहने जानकारी दिए । सो अवसरमा मुख्यमन्त्री शाहीसँग बेलायती दुतावासका विकास निर्देशक नाथानेल बेभेन, (एफसिडिओ)का दक्षिण एशिया बालिका शिक्षा सल्लाहकार इयान एटफिल्ड, बेलायती दुतावासअन्तरगत रहेको सुसंगतता एकाई (कोहरेन्स युनिट)का कर्णाली तथा सुदुरपश्चिम प्रदेश प्रमुख पदम विश्वकर्मालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ५९ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई