लागुऔषधसहित तीनजना पक्राउ « Khabarhub

लागुऔषधसहित तीनजना पक्राउ


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खाँदबारी–३ का राजेशभगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी–४ का रवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

जाँच गर्ने क्रममा श्रेष्ठको साथबाट एक ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट एक ग्राम ६५ मिलिग्राम अफिम र गुरुङको साथबाट ९४० मिलिग्राम अफिम प्रहरी निरीक्षक अधिकारीले बताए ।

पक्राउ परेकामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि जिप्रका हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई गत शनिबार नै पक्राउ गरेको भए पनि आज मात्रै सार्वजनिक गरेको हो । प्रहरीले गत साउनमा अफिमसहित खाँदवारी–७ का जय चापागाईं पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : ०१ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई