प्रदेश २ लोकसेवा आयोगले वार्षिक प्रतिवेदन बुझायो « Khabarhub

प्रदेश २ लोकसेवा आयोगले वार्षिक प्रतिवेदन बुझायो


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ लोकसेवा आयोगले आफ्नो दोस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश नम्बर २ लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई उक्त प्रतिवेदन बुझाएका हुन।

गत वर्ष बढुवा, अन्तर सेवा, खुला र समावेशी गरी कूल २७२ पदका लागि विज्ञापन खुलाएको थियो । बढुवातर्फ ११३, अन्तरसेवातर्फ १४, खुलातर्फ ९५ र समावेशी समूहतर्फ ५० पदका लागि विज्ञापन खुला गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले कर्मचारीको अभाव भए पनि गत वर्ष विभिन्न सेवा र तहका लागि ८५ पाठ्यक्रम निर्माण गरेको आयोगका अध्यक्ष यादवले जानकारी दिए ।

उनले आयोगमा प्रदेश सरकारबाट २१ जनाको अस्थायी दरबन्दी रहेकामा हाल काजमा ६ तथा करारका पाँच कर्मचारीले मात्र कार्यसम्पादन गरिरहेको बताए ।  सो अवधिमा ८५ पाठ्यक्रमको निर्माण गरिएको अध्यक्ष यादवले बताए ।

आयोगले गत वर्ष फागुन २२ र २९ गते खुला गरेको अधिकृत सातौँ तह इञ्जिनीयरिङ सेवातर्फको परीक्षाका लागि दुई हजार ३४८ जनाले फारम भरेकामा एक हजार ९६ जना परीक्षामा सहभागी भएको सो प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : ४५ बजे

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका