प्रदेश २ लोकसेवा आयोगले वार्षिक प्रतिवेदन बुझायो « Khabarhub

प्रदेश २ लोकसेवा आयोगले वार्षिक प्रतिवेदन बुझायो


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ लोकसेवा आयोगले आफ्नो दोस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश नम्बर २ लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई उक्त प्रतिवेदन बुझाएका हुन।

गत वर्ष बढुवा, अन्तर सेवा, खुला र समावेशी गरी कूल २७२ पदका लागि विज्ञापन खुलाएको थियो । बढुवातर्फ ११३, अन्तरसेवातर्फ १४, खुलातर्फ ९५ र समावेशी समूहतर्फ ५० पदका लागि विज्ञापन खुला गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले कर्मचारीको अभाव भए पनि गत वर्ष विभिन्न सेवा र तहका लागि ८५ पाठ्यक्रम निर्माण गरेको आयोगका अध्यक्ष यादवले जानकारी दिए ।

उनले आयोगमा प्रदेश सरकारबाट २१ जनाको अस्थायी दरबन्दी रहेकामा हाल काजमा ६ तथा करारका पाँच कर्मचारीले मात्र कार्यसम्पादन गरिरहेको बताए ।  सो अवधिमा ८५ पाठ्यक्रमको निर्माण गरिएको अध्यक्ष यादवले बताए ।

आयोगले गत वर्ष फागुन २२ र २९ गते खुला गरेको अधिकृत सातौँ तह इञ्जिनीयरिङ सेवातर्फको परीक्षाका लागि दुई हजार ३४८ जनाले फारम भरेकामा एक हजार ९६ जना परीक्षामा सहभागी भएको सो प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : ४५ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी