फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन, नेपाल लगायत थुप्रै देशमा समस्या « Khabarhub

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन, नेपाल लगायत थुप्रै देशमा समस्या


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फेसबुक एप, फोटो सेयरिङ एप इन्स्टाग्राम र ह्वाट्सएप नेपाली समयअनुसार सोमबार बेलुकी डाउन भएका छन्।

डाउनडिटेक्टर डट कमका अनुसार संसारभरिका हजारौँ प्रयोगकर्ताहरुले यी तीनै एपको सर्भर डाउन भएको बताएका छन्।

प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि यी तीनै एप चलेका छैनन् ।

यस्तै इन्टा र ह्वाट्स एपबाट पनि सन्देश आदान प्रदान हुन सकेको छैन । यी तीन सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भएको छ ।

यी सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन । वेबसाइट र स्मार्ट फोन दुबैमा यी एपहरुले काम गरेका छैनन् । फेसबुकले एक सन्देश जारी गर्दै यो समस्या चाँडो भन्दा चाँडो समाधान गर्ने बताएको छ ।

फेसबुकले प्रयोगप्रतामाथि पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ । सर्भर डाउन हुनुको पछाडी साइबर हमलाको समेत आशंका गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : २५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको