कागेश्वरी धामको कागको अष्टधातुको मूर्तिमा विशेष पूजा आराधना « Khabarhub

कागेश्वरी धामको कागको अष्टधातुको मूर्तिमा विशेष पूजा आराधना


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा रहेको कागको अष्टधातुको मूर्तिमा काग तिहारका अवसरमा विशेष पूजा आराधना गरिएको छ ।

काग तिहारका अवसरमा कागेश्वरी धामको कागको मूर्तिमा पूजा आराधना गरेमा मनोकामना पूरा हुने, यमदूतका रूपमा कागले परलोकमा पनि सहयोग गर्ने, कागस्पर्शजनित दोषबाट समेत मुक्ति पाइने धार्मिक विश्वास छ । धाममा संविधानसभा सदस्य रामेश्वर फुयाँलको नेतृत्वमा अष्टधातुको कागको मूर्ति बनाई स्थापना गरिएको छ ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण सम्पन्न भएको हाल बागमती प्रदेशसभा सदस्यसमेत रहेका फुयाँलले बताए ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेको जनाइएको छ । विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हाल बागमती प्रदेशसभा सदस्य फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते महोत्सवसमेत सुरुआत गरिएको छ ।

यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा भाद्र शुक्ल अष्टमीका दिनमा पनि मेला लाग्ने गर्छ ।

यसैगरी बुधबार काग तिहारका अवसरमा पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि पूजा आराधना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १० : २५ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ