जनकपुरमा दीपावलीमा फूल र केरा थामको माग अत्यधिक « Khabarhub

जनकपुरमा दीपावलीमा फूल र केरा थामको माग अत्यधिक


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरसहित देशका विभिन्न भागमा हिन्दु धर्मावलम्बीले मनाउने दीपावलीमा फूलको व्यापारमा वृद्धि भएको छ ।

दीपावलीमा धनकी देवी लक्ष्मीको पूजापाठ हुने गरेको र पूजापाठमा फूल अनिर्वाय रहेकाले फूलको व्यापारमा वृद्धि भएको हो ।

तिहारको तेस्रो दिन बिहीबार बिहानैदेखि जनकपुरसहित प्रदेश २ का विभिन्न सहर वीरगन्ज, कलैया, मलंगवा, राजविराज, लहानलगायतका सहर बजारहरुमा फूल तथा केराको थाम किन्नेहरू घुइँचाे लागेको छ । केरा थाम बेच्न बिहानैदेखि किसानहरू ट्याक्टर तथा बयलगाडामा लोड गरेर जनकपुरधाम बजारमा घुमिरहेको देखिन्छ भने फूलमाला बेच्न मालीहरू भने रातिदेखि नै चोकचोकमा पसल थापेर बसेका छन् ।

व्यापारीहरूले आफ्नाे पसल अगाडि स्वागतद्वार बनाउने प्रयोजनका लागि केराका थाम प्रयोग गर्ने गरेका छन् । केराका थाम ट्याक्टरमा लोड गरेर जनकपुरधाम बजार बिक्रीका लागि ल्याएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ बस्ने कासिम अन्सारीले प्रति थाम २५० रुपैयाँ बिक्री गरेको बताए । केराको घौरभन्दा थाममा बढी आम्दनी हुने गरेको उनले बताए ।

बिहीबार मात्रै जनकपुर बजारमा करिब चार-पाँच हजार केराको थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । लक्ष्मीपूजाका दिन फूल र केराको थामको करिब ५० लाखभन्दा बढी कारोबार हुने अनुमान आफूहरूको रहेको उनले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १२ : ३१ बजे

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी

काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

आईपीएल : कोलकाता र मुम्बईबीचको खेल वर्षाले रोकियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौं – सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको

भिमफेदीमा गाडी दुर्घटना हुँदा आठ जना घाइते

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका