ब्रिटनीको विवाह योजनामा अदालतको अवरोध « Khabarhub

ब्रिटनीको विवाह योजनामा अदालतको अवरोध


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(एबीपी लाइभ)– ग्रामी अवार्ड विजेता अमेरिकी गायिका ब्रिटनी स्पीयर्स १३ वर्षसम्म पिता जेमी स्पीयर्सको संरक्षणमा रहिन् । यो समयावधिमा उनी पिताकै निर्देश अनुसार चलिन् अर्थात् आफूले चाहेको कुरा गर्न पाइनन् ।

हाल उनी पिताको कन्जरभेटरशिपबाट मुक्ति त पाइन्, तर यसको केही प्रावधानले उनी अझै पनि पूर्ण रुपमा स्वतन्त्र हुन सकिरहेकी छैनन् । जसकारण उनको हुन लागेको विवाहमा असर परिरहेको छ ।

हालै ब्रिटनीले साम असगरीसँग इन्गेजमेन्ट गरेकी थिइन् । यो जोडी चाँडै नै विवाहको तयारीमा थियो । तर अदालतले आगामी सुनुवाईसम्म उनीहरुको विवाहलाई रोक लगाएपछि विवाह कहिले हुने भन्ने निश्चित भइसकेको छैन ।

ब्रिटनीको जीवनलाई अध्यारोमा राख्ने यो कन्जरभेटरसिप मामलाबाट पूर्ण रुपमा मुक्त हुनका लागि अदालतको अर्को एक फैसला महत्वपूर्ण छ । यद्यपि गायिका कोर्टले स्वीकृत गरेको कन्जरभेटरसिप मातहतमा छिन् । सन् २००८ मा पिता जेमीले ब्रिटनीको मानसिक स्वास्थ्यको हवाला दिँदै कन्जरभेटरसिप ग्रहण गरेका थिए ।

कन्जरभेटरशिप अमेरिकामा संरक्षणको एक कानूनी ढाँचा हो । जसले अदालतमा मानसिक रुपमा आफ्नो निर्णय आफैं गर्न नसक्ने दाबी गर्नेलाई यो लागु हुन्छ । तपाईं मानसिक रुपमा बिरामी भएको प्रमाणित भएपछि अदालतले तपाईंका लागि कन्जरभेटरसिपको खोजी गर्छ । जसले तपाईंको सम्पूर्ण काम सम्हाल्न सक्छ ।

आम रुपमा यो नियम वृद्धवृद्धा वा मानसिक स्वास्थ्यबाट पीडित व्यक्तिका लागि लागु गरिएको छ । ब्रिटनीको मामलामा पनि उनको आर्थिक पक्षदेखि लिएर अन्य सबै निर्णय उनका पिता र वकिल गर्दथे ।

ब्रिटनीका लागि अहिलेको समय उपर्युक्त समय बनेको छ । किनकी अदालतले निकै तनावपूर्ण अवस्थामा उनको पितालाई सेप्टेम्बरमा कन्जरभेटरसिपबाट निलम्बन गरेको थियो । यो मामलाको आगामी सुनुवाई नोभेम्बर १२ मा हुँदैछ । यो सुनुवाईमा ब्रिटनीको कन्जरभेटरशिपलाई अन्त्य गर्ने वा पुनः नयाँ कन्जरभेटरशिप ल्याउने भन्ने निर्णय हुनेछ ।

त्यो समयसम्म उनले न त विवाह नै गर्न सक्छिन्, न त आफ्नो योजना अनुसार प्रेमीसँग कुनै नयाँ घर नै खरिद गर्न सक्छिन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १ : २९ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि