ब्रिटनीको विवाह योजनामा अदालतको अवरोध | Khabarhub Khabarhub

ब्रिटनीको विवाह योजनामा अदालतको अवरोध


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(एबीपी लाइभ)– ग्रामी अवार्ड विजेता अमेरिकी गायिका ब्रिटनी स्पीयर्स १३ वर्षसम्म पिता जेमी स्पीयर्सको संरक्षणमा रहिन् । यो समयावधिमा उनी पिताकै निर्देश अनुसार चलिन् अर्थात् आफूले चाहेको कुरा गर्न पाइनन् ।

हाल उनी पिताको कन्जरभेटरशिपबाट मुक्ति त पाइन्, तर यसको केही प्रावधानले उनी अझै पनि पूर्ण रुपमा स्वतन्त्र हुन सकिरहेकी छैनन् । जसकारण उनको हुन लागेको विवाहमा असर परिरहेको छ ।

हालै ब्रिटनीले साम असगरीसँग इन्गेजमेन्ट गरेकी थिइन् । यो जोडी चाँडै नै विवाहको तयारीमा थियो । तर अदालतले आगामी सुनुवाईसम्म उनीहरुको विवाहलाई रोक लगाएपछि विवाह कहिले हुने भन्ने निश्चित भइसकेको छैन ।

ब्रिटनीको जीवनलाई अध्यारोमा राख्ने यो कन्जरभेटरसिप मामलाबाट पूर्ण रुपमा मुक्त हुनका लागि अदालतको अर्को एक फैसला महत्वपूर्ण छ । यद्यपि गायिका कोर्टले स्वीकृत गरेको कन्जरभेटरसिप मातहतमा छिन् । सन् २००८ मा पिता जेमीले ब्रिटनीको मानसिक स्वास्थ्यको हवाला दिँदै कन्जरभेटरसिप ग्रहण गरेका थिए ।

कन्जरभेटरशिप अमेरिकामा संरक्षणको एक कानूनी ढाँचा हो । जसले अदालतमा मानसिक रुपमा आफ्नो निर्णय आफैं गर्न नसक्ने दाबी गर्नेलाई यो लागु हुन्छ । तपाईं मानसिक रुपमा बिरामी भएको प्रमाणित भएपछि अदालतले तपाईंका लागि कन्जरभेटरसिपको खोजी गर्छ । जसले तपाईंको सम्पूर्ण काम सम्हाल्न सक्छ ।

आम रुपमा यो नियम वृद्धवृद्धा वा मानसिक स्वास्थ्यबाट पीडित व्यक्तिका लागि लागु गरिएको छ । ब्रिटनीको मामलामा पनि उनको आर्थिक पक्षदेखि लिएर अन्य सबै निर्णय उनका पिता र वकिल गर्दथे ।

ब्रिटनीका लागि अहिलेको समय उपर्युक्त समय बनेको छ । किनकी अदालतले निकै तनावपूर्ण अवस्थामा उनको पितालाई सेप्टेम्बरमा कन्जरभेटरसिपबाट निलम्बन गरेको थियो । यो मामलाको आगामी सुनुवाई नोभेम्बर १२ मा हुँदैछ । यो सुनुवाईमा ब्रिटनीको कन्जरभेटरशिपलाई अन्त्य गर्ने वा पुनः नयाँ कन्जरभेटरशिप ल्याउने भन्ने निर्णय हुनेछ ।

त्यो समयसम्म उनले न त विवाह नै गर्न सक्छिन्, न त आफ्नो योजना अनुसार प्रेमीसँग कुनै नयाँ घर नै खरिद गर्न सक्छिन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १ : २९ बजे

खेलकुद महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा चन्द सर्वसम्मत

धनगढी । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश चन्द

अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी

तेहरान – इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय जेठ २९ र ३० गते बन्द

वीरगञ्ज – अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि वीरगञ्ज महानगरले

कैलाली र कञ्चनपुरमा गर्मीले जनजीवन कष्टकर

सुदूरपश्चिम – केही दिनदेखिको उखरमाउलो गर्मीले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन

दुई करोड बढीको गहनासहित चारजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन,