बसपार्कमा अलपत्र यात्रु, घर पुग्न सास्ती | Khabarhub Khabarhub

बसपार्कमा अलपत्र यात्रु, घर पुग्न सास्ती


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङबाट तिहारका लागि पहाडी जिल्लाहरूमा जाने यात्रुहरूलाई सास्ती हुन थालेको छ । तिहार सुरु भएसँगै तिहार मनाउन गाउँ जानेहरूले बसपार्कमा सास्ती पाउन सुरु भएको हो । पहाडी जिल्ला सल्यान, रुकुम, जाजरकोट, रोल्पा, प्युठान जाने यात्रुहरू बसपार्कमा अलपत्र परेका छन् ।

सहज रूपमा बसको टिकट नपाउँदा र सीमित मात्र बसहरू पहाडी जिल्लामा जाने भएकाले यात्रुहरूले पर्वको समयमा सास्ती बढेको हो । तिहार घर जानेहरूको अहिले बसपार्कमा घुइँचो बढन थालेको छ ।

तिहारको पहिलो दोस्रो दिन दाङबाट बाहिर जानेहरूको सख्या अत्यधिक रूपमा बढेको छ । दैनिक आठ/दशवटा बस सञ्चालन हुने सल्यान रुकुम, रोल्पाका सडकमा अहिले ५०/६०वटा बसहरू नियमित रूपमा सञ्चालन हुँदा पनि सहज रूपमा यात्रुहरूले यात्रा गर्न नपाएको गुनासो गरेका छन् ।

दाङको तुलसीपुर बसपार्कका अहिले जिल्ला छोड्नेहरूको भिड छ । दैनिक हजारौँको सख्यामा मानिसहरूले जिल्ला छोड्ने गरेको यातायाता व्यवसायीहरूले बताउँछन् । यात्रुहरूको चाप अत्यधिक छ, यातायता कर्मचारी दीपक खडकाले भने, ‘हामीले टिकट दिनै नसक्ने अवस्थामा रहेको छ ।’

नियमित रुपमा पठाउनेभन्दा तीन गुणा बढी बसहरू सञ्चालन गर्दा पनि यात्रुको चाप नघटेको समितिका कर्मचारीहरुको भनाइ छ । नजिककाले त बसमा बस्न समेत नपाउने अबस्था रहेको र जिल्ला बाहिर जानेहरु बसमा उभिएर समेत जाने अवस्था रहेको उनको भनाई छ । उनले दशैँको भनदा तीन गुण बढी यात्रु अहिले आएको बताए ।

बसपार्कमा गाडी नपाएर अलपत्र भएका यात्रुहरूले भने तिहारमा घर जाननै समस्या भएको बताए । दुई वर्ष देखि घर जान नपाएको यसवर्ष घर जाम भनेको बस नै नपाईने भयो तुलसीपुर बस पार्ककामा भेटिएकी कल्पना विसीले भनिन् गत वर्षसम्म कोरोना थियो, यो वर्ष बस नपाइने डर भयो।

उनले दिनभर बसपार्कमा बस्दासमेत टिकट नपाएको र घर कसरी जाने भन्ने चिन्ता बढेको बताए । सल्यान घर जान लागेका प्रकाश अधिकारीले यात्रुको चाप धेरै हुँदा बसको टिकट नपाइको र बस पार्कमा बसिरहेको बताए । धेरै वटा बसमा टिकटका लागि प्रयास गर्दा पनि नपाइएको गुनासो गरे ।

सात महिनापछि भारतबाट सल्यान घर जान लागेका सल्यान दार्माका विकास थापाले दिन भरी बस पार्कमा बस्दा पनि घर जाने टुङगो नलागेको बताए । उनले भाइटीकासम्ममा जसरी पनि जान सकिन्छ की भन्ने लागको बताए । यात्रुहरूको सहजताका लागि प्रशासन कार्यालयले सहजीकरण गरिरहेको इलाका प्रशासन कार्यालय तुलसीपुरमा प्रमुख उपसचिव यज्ञबहादुर बुढाले बताए ।

उनले यात्रुको सहजता र बसको व्यवस्थापनका लागि यातायाता व्यवसायी सग छलफल गर्ने र सहज बनाउने बताए । उनले यात्रुको सहयोगका लागि जिल्लाका विभिन्न स्थानहरुका यात्रु सहायता कक्ष समेत राखेको बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १ : ५५ बजे

क्लब विश्वकप – पेनाल्टीको सदुपयोग नगर्दा रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – अमेरिकामा जारी फिफा क्लब विश्वकपमा रियल म्याड्रिडले एसियाली

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ले

देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल