ज्येष्ठ नागरिकलाई घरमै चाडपर्व भत्ता « Khabarhub

ज्येष्ठ नागरिकलाई घरमै चाडपर्व भत्ता


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङको गलकोट नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च वितरण गरेको छ । ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपैयाँको दरले तिहार पर्वलाई लक्षित गरेर चाडपर्व भत्ता वितरण गरेको हो ।

चाडपर्व खर्च वितरणको लागि प्रत्येक वडामा रकम निकासा भएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता अधिकारीले जानकारी दिइन् ।

नगर भित्रका ८५ बर्षमाथिका २०२ नागरिक छन् । नगरसभाले चाडपर्व भत्ताको लागि आठ लाख रुपैयाँ विनियोजन गरेको थियो । ८५ वर्षमाथिका १५ जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर भत्ता वितरण गरेको गल्कोट नगरपालिका–११ का वडा अध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।

गलकोट नगरपालिका–१ मा सबैभन्दा बढी ४६ जना र वडा–४ र ७ मा सबैभन्दा कम ११/११ जना छन् । शाखा प्रमुख अधिकारीका अनुसार वडा–२ मा १८, वडा–३ मा २३, वडा–६ मा २७, वडा–८ मा २२, वडा–९ मा १७, वडा–१० मा ३१ र वडा–११ मा २३ जना ज्येष्ठ नागरिक छन् ।

नगरपालिकाले विगत तीन वर्षदेखि ज्येष्ठ नागरिकलाई सम्मान तथा स्थानीय सरकारको अनुभूति हुने गरी चाडपर्व खर्च र सम्मानको कार्यक्रमलाई निरन्तरता दिएको मेयर भरत शर्मा गैरेले बताए ।

सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकले पनि उक्त सुविधा पाउँछन् । स्थानीय सरकारले घरघरमा चाडपर्व भत्ता वितरण गरेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् ।

‘आफ्नो गोजीमा दुई चार पैसा हुँदा बलियो अनुभव हुन्छ’, रिघाका ९७ वर्षीय पतिराम पुनले भने, ‘घरमै भत्ता पाउँदा सरकारले बुढाबुढीको सुरक्षा गर्छ कि भन्ने आशा पलाएको छ ।’

नगरका ११ वटै वडाले घरमै पुगेर भत्ता वितरण सुरु गरेका छन् । दशैँअघि प्राविधिक कारण रकम निकासा नहुँदा रकम वितरणको काम स्थिगित भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  २ : ०१ बजे

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर