दुर्घटनामा चालकको मृत्यु « Khabarhub

दुर्घटनामा चालकको मृत्यु


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङबाट तरकारी लिएर सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रा१च १३१० नंको जीप आज बिहान रत्न राजमार्गको झुप्राखोला नजिकै दुर्घटना भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा घोराही नगरपालिका–१३ का अन्दाजी २८ वर्षीय जीपचालक राजु विक रहेका छन् । प्रहरी निरीक्षक कनकबहादुर शाहीले दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि कालागाउँस्थित प्रदेश अस्पताल पुर्‍याउने क्रममा उनको मृत्यु भएको जानकारी दिए ।

सोही दुर्घटनामा परी लिवाङ नगरपालिका–३ रोल्पाका १६ वर्षीय लोकेन्द्र सुनार सामान्य घाइते भएका थिए । जीप सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  २ : ०४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी