अमेरिकी राष्ट्रपतिले भने– नेपाल खुब मन पर्छ, पूरा सहयोग गर्छौ « Khabarhub

अमेरिकी राष्ट्रपतिले भने– नेपाल खुब मन पर्छ, पूरा सहयोग गर्छौ


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

साता लामो ग्लास्गो जलवायु सम्मेलनमा सहभागी भएर आज विहान स्वदेश फर्केका प्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

‘बाइडेनसँग पनि रिसेप्सनमा भेट हुँदा टोपी लगाएर गएको थिए चिनिहाले । नेपाल आएका रहेछन् उनी । नेपाल राम्रो देश, खुब मन पर्छ भने । नेपालको सम्बन्धमा कुरा गर्दा उनले सबै थाहा पाएका रहेछन् । पूरा सहयोग हुने भन्नु भयो,’ उनले भने ।

प्रधानमन्त्री देउवाले बेलायतका रक्षा मन्त्रीको गोर्खाप्रति राम्रो सद्भाव पाएको बताए । ‘गोर्खा सैनिकसँगै काम गरेका रहेछन् । नेपाली राजदूत आएपछि समस्या समाधान अगाडि बढाउँछौं भने,’ उनले भने ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  २ : २८ बजे

संघीयताको चमत्कार हेर्न नुवाकोटको किस्पाङ जानू !

किस्पाङ, नुवाकोट– दृश्य-एक बिहीबार सबेरै बिहान उठेर चिहाउँदा तीन हजार

पशुपतिनाथको दर्शनमा पुगे राष्ट्रपति, प्रधानमन्त्रीसँगै अन्य मन्त्री

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजा

पल शाहको करिअरकै हिट फिल्म बन्यो ‘आबाट आमा’

काठमाडौं – नायक पल शाहको करिअरकै सबैभन्दा हिट फिल्म ‘आबाट

दल वा निर्वाचन प्रतिनिधिले गाडी प्रयोग गर्न अनुमति लिनुपर्ने

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवारीसाधन