कोप–२६ सम्मेलन : कोइला प्रयोग नगर्ने ४० देशको प्रतिवद्धता « Khabarhub

कोप–२६ सम्मेलन : कोइला प्रयोग नगर्ने ४० देशको प्रतिवद्धता


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्लास्गो– बेलायतका ऊर्जा मन्त्रीले कोप–२६ जलवायु शिखर सम्मेलनमा ४० देशहरुले कोइलाको उपयोग नगर्ने प्रतिवद्धता जनाएको बताएका छन् ।

यस्तो प्रविद्धता गर्ने देशहरुमा कोइलाको धेरै खपत गर्ने पोल्याण्ड, भियतनाम र चिली पनि छन् । तर अष्ट्रेलिया, भारत, चीन र अमेरिकासहित संसारका केही कोइला निर्भर ठूला देशहरुले भने यसमा समर्थन जनाएका छैनन् ।

जलवायु परिवर्तनमा कोइलाको सबैभन्दा ठूलो योगदान छ । कोइला प्रयोग नगर्ने समझौतामा हस्ताक्षर गर्ने देशहरुले घरेलू र अन्तर्राष्ट्रियस्तरमा कोइलाबाट बन्ने विद्युतमा लगानी समाप्त गर्ने प्रतिवद्धता जनाएका छन् ।

बेलायतका अनुसार २०३० को दशकमा यी देशहरुले कोइलाको प्रयोग बन्द गर्नेछन् । यी मध्ये गरिव देशहरुले २०४० को दशकमा चरणवद्ध रुपमा कोइलाको प्रयोग बन्द गर्ने सहमति जनाएका छन् । कैयौं संस्थाहरुले पनि यो प्रतिज्ञामा हस्ताक्षर गरेका छन् । बैंकहरुले कोइला उद्योगलाई ऋण नदिने प्रतिवद्धता गरेका छन् ।

बेलायतका ऊर्जा मन्त्री क्वासी क्वार्टेंगले भने, ‘कोएलाको अन्त्ये नजिक छ । संसार ठिक दिशामा गइरहेको छ । एक यस्तो भविष्य देखिएको छ, जहाँ सफा ऊर्जा सञ्चालन हुनेछ ।’ एजेन्सी

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ४ : ३० बजे

रुपन्देहीमा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित

लुम्बिनी– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

उम्मेदवारहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

काठमाडौं– निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूलाई

कोशीमा हर्कको माटोले कांग्रेस-एमालेलाई कतिसम्म धक्का देला ?

काठमाडौं- श्रम संस्कृति पार्टी दर्ता गरेर ‘हर्कवाद‘ लाई प्रधान सिद्धान्त

सलमान र सञ्जयको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा 

काठमाडौं– साउदी अरेबियाको बहुप्रतिक्षित एक्सन फिल्म ‘सेभेन डग्स’ अहिले निकै

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- कांग्रेसको जरा बलियो बनाउनेगरि जुट्नुहोस्

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस