कोप–२६ सम्मेलन : कोइला प्रयोग नगर्ने ४० देशको प्रतिवद्धता « Khabarhub

कोप–२६ सम्मेलन : कोइला प्रयोग नगर्ने ४० देशको प्रतिवद्धता


१८ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्लास्गो– बेलायतका ऊर्जा मन्त्रीले कोप–२६ जलवायु शिखर सम्मेलनमा ४० देशहरुले कोइलाको उपयोग नगर्ने प्रतिवद्धता जनाएको बताएका छन् ।

यस्तो प्रविद्धता गर्ने देशहरुमा कोइलाको धेरै खपत गर्ने पोल्याण्ड, भियतनाम र चिली पनि छन् । तर अष्ट्रेलिया, भारत, चीन र अमेरिकासहित संसारका केही कोइला निर्भर ठूला देशहरुले भने यसमा समर्थन जनाएका छैनन् ।

जलवायु परिवर्तनमा कोइलाको सबैभन्दा ठूलो योगदान छ । कोइला प्रयोग नगर्ने समझौतामा हस्ताक्षर गर्ने देशहरुले घरेलू र अन्तर्राष्ट्रियस्तरमा कोइलाबाट बन्ने विद्युतमा लगानी समाप्त गर्ने प्रतिवद्धता जनाएका छन् ।

बेलायतका अनुसार २०३० को दशकमा यी देशहरुले कोइलाको प्रयोग बन्द गर्नेछन् । यी मध्ये गरिव देशहरुले २०४० को दशकमा चरणवद्ध रुपमा कोइलाको प्रयोग बन्द गर्ने सहमति जनाएका छन् । कैयौं संस्थाहरुले पनि यो प्रतिज्ञामा हस्ताक्षर गरेका छन् । बैंकहरुले कोइला उद्योगलाई ऋण नदिने प्रतिवद्धता गरेका छन् ।

बेलायतका ऊर्जा मन्त्री क्वासी क्वार्टेंगले भने, ‘कोएलाको अन्त्ये नजिक छ । संसार ठिक दिशामा गइरहेको छ । एक यस्तो भविष्य देखिएको छ, जहाँ सफा ऊर्जा सञ्चालन हुनेछ ।’ एजेन्सी

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ४ : ३० बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि