मोदीले सेनाका जवानसँगै मनाए दीपावली « Khabarhub

मोदीले सेनाका जवानसँगै मनाए दीपावली


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावली सेनाका जवानहरुसँगै मनाएका छन् । भारतमा लक्ष्मी पूजाका दिन दीपावली धुमधामका साथ मनाइन्छ ।

बिहीबार प्रधानमन्त्री मोदी दीपावली मनाउन जम्मुको रजौरी जिल्लास्थित नौसेरा चेकपोस्टमा पुगेर सेनासँगै दिपावली मनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सो अवसरमा प्रधानमन्त्री मोदीले सेनाका उच्च अधिकारी र जवानहरुसँग छलफलसमेत गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । मोदी प्रधानमन्त्री भएपछि नियमित रुपमा दीपावली सेनाका जवानहरुसँग मनाउँदै आएका छन् ।

यसअघि मोदी दीपावली  मनाउन उत्तराखण्ड, हिमाचल प्रदेश, पञ्जावस्थित सेनाका सीमा सुरक्षा पोस्टमा पुगेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ६ : ०६ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय