अन्तर्राष्ट्रिय

मोदीले सेनाका जवानसँगै मनाए दीपावली

By खबरहब

November 04, 2021

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावली सेनाका जवानहरुसँगै मनाएका छन् । भारतमा लक्ष्मी पूजाका दिन दीपावली धुमधामका साथ मनाइन्छ ।

बिहीबार प्रधानमन्त्री मोदी दीपावली मनाउन जम्मुको रजौरी जिल्लास्थित नौसेरा चेकपोस्टमा पुगेर सेनासँगै दिपावली मनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सो अवसरमा प्रधानमन्त्री मोदीले सेनाका उच्च अधिकारी र जवानहरुसँग छलफलसमेत गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । मोदी प्रधानमन्त्री भएपछि नियमित रुपमा दीपावली सेनाका जवानहरुसँग मनाउँदै आएका छन् ।

यसअघि मोदी दीपावली  मनाउन उत्तराखण्ड, हिमाचल प्रदेश, पञ्जावस्थित सेनाका सीमा सुरक्षा पोस्टमा पुगेका थिए ।