प्रचण्डलाई ओलीको जवाफ : २५ वर्ष अगाडि हामीले गणतन्त्रको अभियान चलाएका हौँ (भिडियो) « Khabarhub

प्रचण्डलाई ओलीको जवाफ : २५ वर्ष अगाडि हामीले गणतन्त्रको अभियान चलाएका हौँ (भिडियो)


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउने सपना नदेख्न सुझाव दिएका छन् ।

‘गन्तव्य मध्यपुर थिमी’ पुस्तक विमोचन कार्यक्रमलाई बिहीबार भक्तपुरमा सम्बोधनका क्रममा ओलीले भ्याकुम लगाएर एमाले बढार्ने सपना नदेख्न आग्रह गरे ।

सिंगै कांग्रेसले पनि एमालेसँग नसक्ने भन्दै एक दुई जनाले भन्दैमा एमालेलाई केही फरक नपर्ने उनले बताऐ ।

त्यस्तै उनले प्रचण्डले आफूलाई गणतन्त्रको विरोधी भन्दै गरेको टिप्प्णीको जवाफ दिँदै प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्ष अगाडि नै आफूले गणतन्त्रको अभियान चलाएको दाबी गरे । उनले मुलुकमा बिकासको काममा असाधारण काम गरे पनि सरकारबाट हटाइएको बताए ।

कार्यक्रमपछि एमाले अध्यक्ष ओलीलगायतका एमाले नेताहरुले भक्तपुरको थिमिस्थीत नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ७ : ११ बजे

नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले

सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

कायरो– सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले

झापा पुगेका ओलीको टिप्पणी : अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन

भद्रपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ

काठमाडौं– बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि