दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गङ्गटे पुल नजिक बिहीबार टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–५ का ३३ वर्षीय सुन्धिर मिश्र रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सिन्धुलीबाट स१०प ३९९३ नम्बरको मोटरसाइकलमा बर्दिबासतर्फ आउँदै गरेका मिश्रलाई बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना१ज ५७४७ नम्बरको टाटासुमोले ठक्कर दिएको हो ।

गम्भीर घाइते मिश्रको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टाटा सुमोका चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा अनुसन्धानका लागि राखिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ८ : ५१ बजे

नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले

सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

कायरो– सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले

झापा पुगेका ओलीको टिप्पणी : अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन

भद्रपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ

काठमाडौं– बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि