कोरोनाविरुद्धको खाने औषधिलाई बेलायतले दियो अनुमति « Khabarhub

कोरोनाविरुद्धको खाने औषधिलाई बेलायतले दियो अनुमति


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायत संसारमा कोरोनाविरुद्धको खाने औषधि (गोली) लाई प्रयोगमा अनुमति दिने पहिलो देश बनेको छ ।

अमेरिकाको औषधि कम्पनी मर्क र रिजब्याक बायोथेराप्याटिक्सको साझा प्रयासमा विकसित गरिएको खाने औषधिलाई बेलायतमा अनुमति दिइएको हो ।

बेलायतका मेडिसन तथा हेल्थकेयर उत्पादनको नियामक प्राधिकरण एमएचआरएले मोलनूपीरावीर नामको यो औषधिलाई क्लिनिकल डाटाका आधारमा अनुमति दिएको हो । यो औषधि कोराना संक्रमण देखिएपछि संक्रमित भएको पाँच दिनपछि खान सकिने छ ।

यो संसारमा कोरोनाविरुद्ध खाने औषधिका रुपमा प्रयोगका लागि अनुमति पाउने पहिलो औषधि हो । उता अमेरिकी अधिकारीहरुले यसै महिना यो औषधि प्रयोगका लागि अनुमति दिने वा नदिने विषयमा निर्णय गर्ने बीबीसीले जनाएको छ।

संसारभर हालसम्म कोरोना संक्रमणबा ५२ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । हालसम्म कोरोनाविरुद्धको खोपलाईमात्र अनुमति दिइएको थियो । यसका साथै जीलिएडको एंटी भाइरल औषधि रेमडिसिभीर र जेनेरिक स्टेरायड डेक्सामीथासोनलाई अस्पतालहरुमा उपचारका क्रममा संक्रमितलाई दिने गरिएको छ । गत महिना प्राप्त क्लिनिकल डाटाअनुसार मर्कको औषधि मोलनूपीरावीरले कोरोनाबाट हुने मृत्युलाई आधा गरिदिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ९ : १२ बजे

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड

अमेरिकाविरुद्ध लड्न रुसले इरानलाई ड्रोन दिएको दाबी

मस्को- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाविरुद्ध लड्न रूसले इरानलाई ड्रोन

रास्वपाले आयोगमा ४८ महिला र ९ पुरुषको नाम पठाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा परेका ५७ जनाको नाम

पाल्पामा सवारी दुर्घटना, एक जनाको मृत्यु

पाल्पा– बगनासकाली गाउँपालिका –२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

इरानसँगको युद्धमा मर्ने अमेरिकी सैनिकको संख्या १३ पुग्यो

वासिङ्टन– इरानसँग जारी युद्धका क्रममा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु