तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता « Khabarhub

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको बारेकोट गाउँपालिका ७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् ।

तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका २ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मीसहित खसकी हुन् ।

खसेको केही समयभित्रै खोलाले बगाएर आमा बेपत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगञ्ज पठाइएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए । मुख, टाउको र शरीरमा गहिरो चोट लागेकाले छोरीको अवस्था गम्भीर रहेको उनले बताए ।

छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोटलाई खबर गरी बेपत्ताको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ९ : ३० बजे

नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले

सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

कायरो– सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले

झापा पुगेका ओलीको टिप्पणी : अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन

भद्रपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ

काठमाडौं– बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि