विदेश पलायन रोक्न ताँजेमा होमस्टे « Khabarhub

विदेश पलायन रोक्न ताँजेमा होमस्टे


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पछिल्लो समय रोजगारीको लागि युवा विदेश पलायनको क्रम दिनानुदिन बढ्दो छ । बिदेसिएका र बसाइँसराइलाई रोक्न लमजुङको दोर्दी गाउँपालिका ६ ताँजेमा होमस्टे सञ्चालन गरिएको छ ।

५५ घरधुरी रहेको ताँजेमा युवाहरूकै सक्रियता होमस्टे सञ्चालन गरिएको हो । गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सञ्चालन भएसँगै ताँजेका युवाहरू गाउँ फर्किएका छन् ।

प्रकृतिको बरदान पाएको ताँजे गाउँबाट बसाइँसराइ र युवा पलायनको क्रम बढेपछि स्थानीय होमस्टेको अभियानमा जुटेका हुन् । सुरुमा गाउँको तीन घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालनमा स्थानीय आमा समूहले युवालाई साथ दिएको ताँजे होमस्टे व्यवस्थापनका अध्यक्ष एवं होमस्टेका अभियन्ता टकलाल घले बताउँछन् ।

अध्यक्ष घलेले भने, ‘युवा पलायनका कारण हिजोआज ग्रामीण बस्ती बिस्तारै युवाविहीन बन्ने क्रम बढ्दो छ । यसलाई रोक्न गाउँमै स्वरोजगार बन्न होमस्टे सञ्चालन गरिएको हो । ताँजे गाउँमा घले, गुरुङ, तामाङ र दलित बस्ती रहेको छ । गाउँमा सडक निर्माणसँगै पर्यटकको आगमन बढ्न थालेपछि ५४ मेगावाट क्षमताको सुपर दोर्दी–ख जलविद्युत आयोजनाले युवाको अभियानमा साथ दिएको छ ।

होमस्टेमा मार्सी चामल र दुर्लभ कालोभट्टमासको स्वाद

हिमचुली हिमालको काखमा रहेको मनोरम पर्यटकीय गाउँ ताँजेमा उत्पादन हुने अर्गानिक खानेकुराले यहाँसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित पार्ने गरेको छ । गाउँमै बसेर जलविद्युत आयोजनामा रोजगारी पाउने र होमस्टे सञ्चालन गर्न पाउने भएपछि गाउँ फर्कने युवाहरूको क्रम पनि बढ्दो रहेको स्थानीय मेखमायाँ घले बताउँछिन् ।

स्थानीयले गाउँमा उत्पादन हुने दुर्लभ कालो भट्टमास, गाउँमै उत्पादित तरकारी, लोकल कुखुरा, लोकल मार्सी चामलको भात र कोदोको परिकारले होमस्टेमा आउने पर्यटकलाई स्वागत गर्ने होमस्टे सञ्चालक घले बताउँछिन् ।

युवालाई गाउँ फर्काउने अभियानमा गाउँपालिका

आन्तरिक तथा बाह्य पर्यटकका अलावा आफ्नै गाउँ छोडेर सहर वा विदेश भासिएकाहरूलाई पनि गाउँ फर्काउने अभियानमा दोर्दी गाउँपालिका लागेको छ । गाउँपालिकाले होमस्टेका साथै युवा लक्षित कार्यक्रम सञ्चालन गरेपछि स्थानीय युवाहरू हौसिन थालेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ बताउँछन् ।

उनका अनुसार जिप वा बसमा सदरमुकाम बेसीसरहबाट उदिपुर, नौथर, हिले, कीर्तिपुर, सिमी हुँदै दुई घण्टामा गाउँमा पुगिन्छ । गाउँ हुँदै हिमचुली हिमाल, मेमेपोखरी, गोरखा र लमजुङको सिमानामा रहेको दूधपोखरी पुग्न सकिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ९ : ४७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी