सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा ८०.९ अर्ब अमेरिकी डलर | Khabarhub Khabarhub

सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा ८०.९ अर्ब अमेरिकी डलर


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी अग्रिम अन्तर्राष्ट्रिय व्यापार घाटा सेप्टेम्बरमा उच्च रेकर्ड भई ८०.९ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य विभागले बिहीबार जानकारी गराएको छ ।

यो तथ्याङ्कले ढुवानीभन्दा अगाडि गरिएको भुक्तानीलाई जनाउँछ र यो ११ प्रतिशतको वृद्धि हो ।

“अमेरिकी तथ्याङ्क विभाग र अमेरिकी आर्थिक विश्लेषण विभागले सेप्टेम्बर महिनामा समान तथा सेवा घाटा ८०.९ अर्ब अमेरिकी डलर भएको घोषणा गरेको छ । अगस्तमा यो घाटामा ८.१ अर्ब अमेरिकी डलरबाट बढेर ७२.८ अर्ब अमेरिकी डलर पुगेको थियो ।”

विभागको पूर्व प्रक्षेपण अनुसार सेप्टेम्बरमा निर्यात २०७.६ अर्ब अमेरिकी डलर थियो जुन अगस्तमा भन्दा ६.४ अर्ब अमेरिकी डलर कम हो भने सेप्टेम्बर महिनामा आयात २८८.५ अर्ब अमेरिकी डलर पुगेको छ । अगस्तमाभन्दा १.७ अर्ब अमेरिकी डलर बढी सेवा तथा सामान विदेशबाट आयात गरिएको थियो ।

सामान तथा सेवा घाटामा सेप्टेम्बरको वृद्धिले ८.९ अर्ब अमेरिकी डलर बढेर ९८.२ अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्कमा छ ।

सन् २०२० देखि अन्तरराष्ट्रिय व्यापार घाटा १५८.७ अर्ब अमेरिकी डलर वा ३३.१ प्रतिशत बढेको देखिएको छ । अमेरिकी आयात ४३२.८ अरब अमेरिकी डलर वा २१.१ प्रतिशतले बढे पनि निर्यात २७४.१ अर्ब अमेरिकी डलर वा १७.४ प्रतिशत कायम भएको हो । एएनआई

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १० : ०६ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो