सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा ८०.९ अर्ब अमेरिकी डलर « Khabarhub

सेप्टेम्बरमा अमेरिकी व्यापार घाटा ८०.९ अर्ब अमेरिकी डलर


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी अग्रिम अन्तर्राष्ट्रिय व्यापार घाटा सेप्टेम्बरमा उच्च रेकर्ड भई ८०.९ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य विभागले बिहीबार जानकारी गराएको छ ।

यो तथ्याङ्कले ढुवानीभन्दा अगाडि गरिएको भुक्तानीलाई जनाउँछ र यो ११ प्रतिशतको वृद्धि हो ।

“अमेरिकी तथ्याङ्क विभाग र अमेरिकी आर्थिक विश्लेषण विभागले सेप्टेम्बर महिनामा समान तथा सेवा घाटा ८०.९ अर्ब अमेरिकी डलर भएको घोषणा गरेको छ । अगस्तमा यो घाटामा ८.१ अर्ब अमेरिकी डलरबाट बढेर ७२.८ अर्ब अमेरिकी डलर पुगेको थियो ।”

विभागको पूर्व प्रक्षेपण अनुसार सेप्टेम्बरमा निर्यात २०७.६ अर्ब अमेरिकी डलर थियो जुन अगस्तमा भन्दा ६.४ अर्ब अमेरिकी डलर कम हो भने सेप्टेम्बर महिनामा आयात २८८.५ अर्ब अमेरिकी डलर पुगेको छ । अगस्तमाभन्दा १.७ अर्ब अमेरिकी डलर बढी सेवा तथा सामान विदेशबाट आयात गरिएको थियो ।

सामान तथा सेवा घाटामा सेप्टेम्बरको वृद्धिले ८.९ अर्ब अमेरिकी डलर बढेर ९८.२ अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्कमा छ ।

सन् २०२० देखि अन्तरराष्ट्रिय व्यापार घाटा १५८.७ अर्ब अमेरिकी डलर वा ३३.१ प्रतिशत बढेको देखिएको छ । अमेरिकी आयात ४३२.८ अरब अमेरिकी डलर वा २१.१ प्रतिशतले बढे पनि निर्यात २७४.१ अर्ब अमेरिकी डलर वा १७.४ प्रतिशत कायम भएको हो । एएनआई

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १० : ०६ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र