इजरायलद्वारा सिरियाको राजधानी दमास्कस क्षेत्रमा हवाई आक्रमण « Khabarhub

इजरायलद्वारा सिरियाको राजधानी दमास्कस क्षेत्रमा हवाई आक्रमण


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरुत– इजरायलले सिरियाको राजधानी दमास्कस क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

बुधबार इजरायलले दमास्कस वरपरको क्षेत्रमा क्षेप्यास्त्रमार्फत हवाई हमला गरेको सैन्य स्रोतलाई उद्धृत गर्दै सिरियाली सरकारी टेलिभिजनले जनाएको हो ।

इजरायली आक्रमणबाट सिरियामा भौतिक क्षति भएको समाचारमा उल्लेख गरिएको छ । तर, पछिल्लो क्षेप्यास्त्र हमलाबारे इजरायली अधिकारीले हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

गत शनिबार पनि इजरायलले सिरियाली राजधानीबाहिरको क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको थियो । इजरायली क्षेप्यास्त्रलाई सिरियाली वायुरक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो ।

यसअघि अक्टोबर १४ मा मध्य सिरियामा भएको हवाई हमलामा परी सरकारपक्षीय ९ जना लडाकू मारिएका थिए । इरान समर्थित समूहका अखडालाई लक्षित गरी उक्त हमला भएको बताइएको थियो ।

सिरियामा बढ्दो इरानी प्रभाव र सैन्य उपस्थितिपछि सजग बनेको इजरायलले कैयौं पटक सिरियाली भूमिमा आक्रमण गर्दै आएको छ ।

लेबनाली समूह हिजबुल्लाहजस्ता इरान समर्थित लडाकूका अखडा, सशस्त्र बाहन र केन्द्रलाई लक्षित गरी आफूले हमला गरेको इजरायलले स्वीकार्दै आएको छ ।

इजरायलले हिजबुल्लाहका लागि पठाइने सैन्य सामग्री बोकेका साधनमाथि समेत आक्रमण गर्दै आएको छ । एएफपी

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १० : ३९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी