शाही मुख्यमन्त्री भएपछि नेपाली कांग्रेस हुम्लाद्वारा दीप प्रज्वलन « Khabarhub

शाही मुख्यमन्त्री भएपछि नेपाली कांग्रेस हुम्लाद्वारा दीप प्रज्वलन


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लाबाट मुख्यमन्त्री बनेपछि नेपाली कांग्रेस हुम्लाका ७ वटै नेपाली कांग्रेसका वडा समिति, स्थानीय तह कार्य समिति र जिल्ला पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको छ ।

यस्तै ताँजाको गाउँपालिका नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरी खुसीयाली र्‍याली निकाली दीप प्रज्वलनसमेत गरेको कांग्रेस पालिका कार्यसमितिका सभापति कृष्णबहादुर मल्लले बताए ।

मुख्यमन्त्री शाहीको जन्म थलो खार्पुनाथ गाउँ पालिकामा कांग्रेस पालिका कार्यालयमा पनि दीप प्रज्वलन गरिएको सोही पालिकाका नेपाली कांग्रेस सभापति टक्कबहादुर शाहीले बताए ।

मंगलबार राति कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री शाहीले पद तथा गोपनीयताको शपथसँगै कांग्रेस हुम्ला पार्टी कार्यालयमा पनि दीप प्रज्वलन गरिएको सभापति धर्मराज रोकायाले बताए ।

मंगलबार साँझ समय सीमाभित्र नेता शाहीको मुख्यमन्त्रीमा एकल दाबी पेश भएपछि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  १० : ५३ बजे

नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले

सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

कायरो– सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले

झापा पुगेका ओलीको टिप्पणी : अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन

भद्रपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ

काठमाडौं– बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि