कांग्रेस महाधिवेशन : बागमती सभापतिमा प्रधान, जोशी र बानियाँको उम्मेदवारी, आज मतदान « Khabarhub

कांग्रेस महाधिवेशन : बागमती सभापतिमा प्रधान, जोशी र बानियाँको उम्मेदवारी, आज मतदान


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि भीमसेनदास प्रधान, गोविन्दराज जोशी र इन्द्रबहादुर बानियाँको मनोनयन दर्ता भएको हो ।

उम्मेदवारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् भने जोशी र बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक केशवप्रसाद काफ्लेका अनुसार सभापतिमा आज शनिबार बिहान ९ बजेदेखि मतदान हुनेछ ।

प्रदेश प्रतिनिधिको रूपमा चुनिएर आएका २ हजार १३७ जना प्रतिनिधिले मत दिनेछन् । अधिवेशनबाट प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : ५० बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको