लाखौँको अवैध चिनी र मोबिल बरामद « Khabarhub

लाखौँको अवैध चिनी र मोबिल बरामद


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देही प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेको ८ लाख ९२ हजार मूल्यको सामान बरामद गरेको छ ।

प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले रुपन्देहीको देवदह नगरपालिका- ५ बाट अवैध सामान बरामद गरेको हो ।

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका- ३९ वर्षीय अस्लाम अन्सारीले लु १ च ९२७९ नम्बरको बलेरो पिकअप गाडीमा बिना बिल अवैधरुपमा ल्याउँदै गरेको ५० बोरा चिनी र १० कार्टुन मोबिल बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

उनका अनुसार बरामद भएको सामान, पिकअप गाडी र गाडी धनीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : १६ बजे

महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला

बैतडी– महाकाली नदीमा बेपत्ता भएका  बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४

एमालेमा विष्णु पौडेलको यु-टर्न, बादललाई ताकेर ओलीतिर निशाना

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बिहीबारदेखि

जनकपुरधामका १२ होटललाई स्तरोन्नतिको प्रमाणपत्र

जनकपुरधाम– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले तोकेको मापदण्ड

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दिपा दाहाल नियुक्त