प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल « Khabarhub

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छन्। प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार उनलाई शुक्रबार उक्त पदमा नियुक्त गरिएको हो।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले नियुक्तिसँगै शुक्रबारबाट आफ्नो कार्यभार सम्हालेकी छन्। 

सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र सामाजिक न्यायका क्षेत्रमा दाहालको अनुभवलाई उपयोग गर्न उक्त जिम्मेवारी दिएको जनाएको छ।

दाहालसँग रेडियो, टेलिभिजन, छापा तथा अनलाइन माध्यममा २० वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ। उनी पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताको रूपमा खोज पत्रकारितामा सक्रिय थिइन्।

शैक्षिक क्षेत्रमा समेत सक्रिय दाहाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी छन्। साथै, उनले पत्रकारिता, सञ्चार सीप र ‘अथेन्टिक लिडरसिप’ विषयमा प्रशिक्षण दिने काम पनि गर्दै आएकी छन्।

‘कोभिड : नसोचेको, नभोगेको संकट’ नामक अनुसन्धानमूलक पुस्तककी लेखिका दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेकी छन्।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ६ : ४० बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह