मनाङमा भारी हिमपात, माथिल्लो क्षेत्र नजान पर्यटकलाई अनुरोध « Khabarhub

मनाङमा भारी हिमपात, माथिल्लो क्षेत्र नजान पर्यटकलाई अनुरोध


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए ।

मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : ११ बजे

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा

रास्वपाले विघटन गर्यो बारा जिल्ला समिति

काठमाडौं । रास्वपाले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको

पार्टी हितविपरीत लागेका रास्वपाका १५ जनाको सदस्यता खारेज

काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना

रास्वपाले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार

जनप्रतिनिधिका काम प्रभावकारी बनाउँदै सरकारलाई सशक्त खबरदारी गर्ने कांग्रेसको संकल्प

काठमाडौं । नेपाली कांग्रेसले जनप्रतिनिधिका कामलाई प्रभावकारी बनाउँदै सरकारलाई सशक्ति