मनाङमा भारी हिमपात, माथिल्लो क्षेत्र नजान पर्यटकलाई अनुरोध « Khabarhub

मनाङमा भारी हिमपात, माथिल्लो क्षेत्र नजान पर्यटकलाई अनुरोध


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए ।

मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : ११ बजे

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको