विजयी पदाधिकारीले प्रमाणपत्र नपाएपछि रौतहटमा तनाव | Khabarhub Khabarhub

विजयी पदाधिकारीले प्रमाणपत्र नपाएपछि रौतहटमा तनाव


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत रौतहटमा विजयी पदाधिकारीले प्रमाणपत्र नपाउँदा तनाव भएको छ ।

विजयी पदाधिकारी पक्षका स्थानीय नेता तथा कार्यकर्ताले प्रमाणपत्र वितरणका लागि खबरदारी गरेका छन् ।

नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ को निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीहरूको प्रमाणपत्र बनाउन कृष्णा यादव समूहले अवरोध गरेको थियो ।

शुरुमा यादबले सर्वसहमति भन्दै चुनाव नै रोके पनि गत मंसिर ४ गते १ सय ५१ जनाले लिखित रुपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र बुझाएका थिए ।

यादब समूह दबाब बढेपछि चुनाव गराउन बाध्य भए पनि परिणाम आइसकेपछि प्रमाणपत्र वितरणमा अवरोध गरेको छ।

यादवले अलोकतान्त्रिक चरित्र देखाएको भन्दै स्थानीय कार्यकर्ताले प्रदर्शन गरेका छन् । चुनावमा संस्थापन पक्षका सबै उम्मेदवारले हारेपछि बिहीबारदेखि नै प्रमाणपत्र दिन रोकिएको छ।

स्थानीय कांग्रेस कायकर्ताले छिट्टै निर्वाचन प्रमाणपत्र नदिए आन्दोलन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १२ : २० बजे

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?   

काठमाडौं– नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता

उद्योग व्यवसाय बन्द हुने दर बढ्यो

म्याग्दी– पछिल्लो तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द