दक्षिण अफ्रिकामा कोरोना संक्रमणदर चार गुणाले बढ्यो « Khabarhub

दक्षिण अफ्रिकामा कोरोना संक्रमणदर चार गुणाले बढ्यो


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण अफ्रिकामा मंगलबार यता चार गुणाले कोरोना संक्रमितको संख्या बढेको छ।

मंगलबार ४ हजार ३ सय ७३ जनामा कोरोना संक्रमण देखिएको थियो। शुक्रबार संक्रमित हुनेको संख्या बढेर १६ हजार ५५ पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले अहिलेसम्मका भेरियन्टमध्ये ओमिक्रोनलाई सबैभन्दा तीब्र गतिमा फैलिएको भाइरस भनेको छ। दक्षिण अफ्रिकी मुलुकहरुले संक्रमण फैलन नदिन आवश्यक तयारी गरेपनि संक्रमण दर चार गुणाले बढेको छ।

योसँगै कोरोना महामारी सुरु भए यता दक्षिण अफ्रिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३० लाख पुगेको छ। यो त्यहाँको स्वास्थ्य मन्त्रालयले सीएनएनलाई दिएको तथ्याङक हो।

ओमिक्रोनको संक्रमण भेटिएसँगै लक्षिण अफ्रिकाकाले चौथो लहरको सामना गरिरहेको त्यहाँका अधिकारीहरुले बताएका छन्। कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोन सबैभन्दा पहिला नोभेम्बर पहिलो साता दक्षिण अफ्रिकामा देखिएको थियो।

अहिले विश्वका अधिकाशं मुलुकहरुमा नयाँ भेरियन्ट फैलिसकेको छ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १ : ०५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान