सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु: मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु: मन्त्री श्रेष्ठ


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री श्रेष्ठले श्रम तथा रोजगारका क्षेत्रमा रहेका समस्या समाधान र युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि पनि कार्ययोजना बनाइ कार्यान्वयन गर्ने पनि जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले स्थानीयवासीको वेवास्ताका कारण दुलेगौडा हर्कपुर मोटरमार्गमा ढिलाई भएको आपत्ति जनाए ।

वडाध्यक्ष रामकुमार श्रेष्ठले वडा कार्यालय भवन निर्माण भएपछि वडाबाट सहज र सरल रुपमा जनतालाई सेवा दिन सजिलो भएको बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १ : ०९ बजे

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय