सीता रानाले हङकङमा क्रिकेट खेल्ने « Khabarhub

सीता रानाले हङकङमा क्रिकेट खेल्ने


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् । क्विन्स इभेन्ट मेनेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो ।

‘क्विन्स इभेन्ट मेनेजमेन्टको अथक प्रयास र खेलाडी स्वयंको मेहेनतको फलस्वरूप सीता राना मगर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ खेल्नका लागि छनोट हुनुभएको छ,’ प्रेस विज्ञप्तीमा भनिएको छ ।

योसँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेटर समेत बनेकी छिन् । फेयर ब्रेक इन्भीटेसनल-२०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी) बाट मान्यता प्राप्त महिला टी-२० क्रिकेट प्रतियोगिता हो । प्रतियोगिता आगामी १ देखि १५ मेसम्म आयोजना हुनेछ ।

६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता विश्वका चर्चित खेलाडीको सहभागिता रहने छ । क्रिकेटको माध्यमबाट लैङ्ङ्गिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगितामा सीता राना मगर कुन टोलीबाट खेल्ने भन्ने अन्तिम निर्णय भने आयोजकले गर्नेछ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ३ : ०८ बजे

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर