कांग्रेस प्रदेश निर्वाचन : सुदूरपश्चिममा नौ सय मत खस्यो « Khabarhub

कांग्रेस प्रदेश निर्वाचन : सुदूरपश्चिममा नौ सय मत खस्यो


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि भएको मतदानमा नौ मत खसेको छ । एक हजार १७ मतदाता रहेको प्रदेशमा मतदान सकिन अझै एक घण्टा लाग्ने अनुमान गरिएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए ।

उनका अनुसार शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । मतदान सकिएपछि राति नै गणना गर्ने वा भोलि गर्ने भन्ने विषयमा पछि छलफल गरिनेछ । ५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि एक सय ७७ जनाले उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावमा होमिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहित चुनाव लडिरहेका छन् ।

संस्थापन पक्षबाट प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।

यस्तै, संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन् ।

निर्वाचनबाट एक सभापति, दुई जना उपसभापति, एक महिलासहित तीन जना महामन्त्री चयन हुने छन् । यसैगरी सदस्य खुलातर्फ तीन महिलासहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट एक महिलासहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट एक महिलासहित तीन जना, मधेसी कोटाबाट एक जना, थारु कोटाबाट एक महिला र दुई खुला गरी तीन जना, मुस्लिमबाट एक जना, अपांङ्गता भएका एक जनासहित ५९ सदस्यीय प्रदेश समिति चयन हुनेछन् ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ४ : ४० बजे

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ