माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडियो « Khabarhub

माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडियो


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हो ।

कम्पनीका अनुसार आयोजनाले दुई सातासम्म परीक्षण उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई निःशुल्क विद्युत दिनेछ । परीक्षण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ । आयोजनाले चैत २०७७ मै उत्पादन सुरु गर्ने भने पनि कोरोना महामारीका कारण निर्माण प्रभावित हुँदा सात महिना ढिलो गरी विद्युत प्रसारण प्रणालीमा जोडिएको हो ।

विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाबाट भदौ‌ २०७८ देखि विद्युत उत्पादन गर्नुपर्ने थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ४० बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा