एमाले इलामको अध्यक्षमा महेश बस्नेत « Khabarhub

एमाले इलामको अध्यक्षमा महेश बस्नेत


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए । नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशौँ महािधवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो । एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केसी नेकपा एकिकृत समाजवादीमा लागेपछि उपाध्यक्ष पद पनि रिक्त छ । एमाले इलामको सचिवालय बैठकले अन्य जिम्मेवारी पनि हेरफरेर गरेको छ ।

एमालेले संगठन विभागको जिम्मेवारी उपसचिव उमेश गुरुङ्गलाई तोकेको छ । त्यस्तै, प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रकाश अधिकारीलाई दिएको छ । बुद्धिजिवी विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ भने अर्थ विभाग प्रमुखको जिम्मेवारी डा। देवी क्षेत्री दुलाललाई सुम्पेको छ । यी विभागको प्रमुखमा रहेकाहरू माथिल्लो कमिटीमा निर्वाचित भएपछि विभागीय जिम्मेवारी हेरफेर भएको नेकपा एमाले इलामका उपसचिव उमेश गुरुङ्गले जानकारी दिए ।

यस्तै, बैठकले अखिल नेपाल महिला संघको इञ्चार्जमा रिपल राई, खेलकुद महासंघमा दीपक गौतम, सूर्योदय नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत, इलाम क्षेत्र नम्बर २ को इञ्चार्जमा नरेन्द्रनाथ भट्टराईलाई तोकेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ०० बजे

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका