एमसीसी र महाअभियोग दलहरुबीच सहमति नभई अगाडि बढ्दैन : प्रचण्ड | Khabarhub Khabarhub

एमसीसी र महाअभियोग दलहरुबीच सहमति नभई अगाडि बढ्दैन : प्रचण्ड


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगबारे दलहरुबीच राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।

शनिबार चितवनमा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले महाअभियोग र एमसीसी अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा राष्ट्रिय सहमति र दलहरुबीच सहमति हुनुपर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध भइरहेको आन्दोलनकाबीच शुक्रबार माओवादीकै सांसद रामनारायण विडारीले महाअभियोगको तयारी भइरहेको बताएका थिए । तर, शनिबार प्रचण्डले दलहरुबीच सहमति नभई अगाडि नबढ्ने बताएका हुन् । उनले कसैले जबरजस्ती एमसीसी र महाअभियोगलाई अगाडि नबढाउने बताए

यही मंसिर २८ गतेका लागि बोलाइएको संसद अधिवेशनमा कसैले एमसीसी र महाअभियोगका लागि बोलाइएको अनुमान गरे पनि त्यस्तो केही नहुने बताए । उनले संसदको नियमित हिउँदे अधिवेशन बोलाइएको स्पष्ट पारे ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ५ : ४० बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार