लुम्बिनी प्रदेशमा सकियो कांग्रेस मतदान « Khabarhub

लुम्बिनी प्रदेशमा सकियो कांग्रेस मतदान


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनअन्तर्गत मतदान सकिएको छ । कूल एक हजार ६८० मतदाता मध्ये एक हजार ६३१ जनाले मतदान गर्दा ३९ जना अनुपस्थित रहे ।

लुम्बिनी प्रदेशको सभापतिका लागि संस्थापन समूहबाट सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका भरतकुमार शाह र संस्थापन इतरबाट कांग्रेस रोल्पाका पूर्व सभापति अमरसिंह पुन प्रतिस्पर्धामा छन् । दुवै समूह प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

बिहान साढे ८ बजे मतदानको समय तय भएको भए पनि सहमतिको प्रयासले केही समय विलम्ब भएपछि ११ बजेदेखि मात्र मतदान सुरु भएको थियो । भैरहवाको महेन्द्रसभा गृहमा भएको मतदान साँझ साढे ५ बजे मात्रै सकिएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले पहिलो मतदान गरी मतदानको शुभारम्भ गरेका थिए । उनले शनिबार बिहान पनि दुई पक्षबीच सहमति जुटाउन गरेको प्रयास सार्थक नभएपछि मतदानको कार्यक्रम अघि बढेको थियो । सहमतिका लागि कांग्रेस नेताहरू भन्द्र भण्डारीलगायतले पनि प्रयास गरेका थिए ।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा नौ जिल्ला सभापतिले अमरसिंह पुनलाई समर्थन गरेका छन् भने दुई जिल्लाका सभापतिले शाहलाई समर्थन गरेका छन् । बाँके जिल्लामा भने अधिवेशन भएको छैन । अव केही बेरमा मतगणना हुने र आइतबारसम्म परिणाम आइसक्ने निर्वाचन समिति संयोजक थापाले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : २१ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन

आज २०८२ साल माघ २५ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा