लुम्बिनी प्रदेशमा सकियो कांग्रेस मतदान | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशमा सकियो कांग्रेस मतदान


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनअन्तर्गत मतदान सकिएको छ । कूल एक हजार ६८० मतदाता मध्ये एक हजार ६३१ जनाले मतदान गर्दा ३९ जना अनुपस्थित रहे ।

लुम्बिनी प्रदेशको सभापतिका लागि संस्थापन समूहबाट सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका भरतकुमार शाह र संस्थापन इतरबाट कांग्रेस रोल्पाका पूर्व सभापति अमरसिंह पुन प्रतिस्पर्धामा छन् । दुवै समूह प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

बिहान साढे ८ बजे मतदानको समय तय भएको भए पनि सहमतिको प्रयासले केही समय विलम्ब भएपछि ११ बजेदेखि मात्र मतदान सुरु भएको थियो । भैरहवाको महेन्द्रसभा गृहमा भएको मतदान साँझ साढे ५ बजे मात्रै सकिएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले पहिलो मतदान गरी मतदानको शुभारम्भ गरेका थिए । उनले शनिबार बिहान पनि दुई पक्षबीच सहमति जुटाउन गरेको प्रयास सार्थक नभएपछि मतदानको कार्यक्रम अघि बढेको थियो । सहमतिका लागि कांग्रेस नेताहरू भन्द्र भण्डारीलगायतले पनि प्रयास गरेका थिए ।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा नौ जिल्ला सभापतिले अमरसिंह पुनलाई समर्थन गरेका छन् भने दुई जिल्लाका सभापतिले शाहलाई समर्थन गरेका छन् । बाँके जिल्लामा भने अधिवेशन भएको छैन । अव केही बेरमा मतगणना हुने र आइतबारसम्म परिणाम आइसक्ने निर्वाचन समिति संयोजक थापाले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : २१ बजे

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

काठमाडौं– राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै 

ताप्लेजुङ– नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायले

आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस, नेपालमा पहिलो पटक मनाइँदै

काठमाडौं– आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस । आजै

अनुदानमा आलु, गहुँ र तोरीको बीउ वितरण

कास्की– पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलु,

सडक डिभिजन काठमाडौंले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नभएका