लक्ष्मी पूजामा गर्नै नहुने यी १८ काम | Khabarhub Khabarhub

लक्ष्मी पूजामा गर्नै नहुने यी १८ काम


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आज घरघरमा लक्ष्मीपूजा गरिँदैछ । लक्ष्मी पूजाका दिन महालक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ ।

लक्ष्मी पूजाको दिन केही विशेष कुरामा ध्यान पुर्‍याउनु भने पर्छ । अन्यथा घर आएकी लक्ष्मीसमेत फर्किने जनविश्वास छ ।

नगर्नुस् यस्ता काम:

१. लक्ष्मीपूजाको दिन बिहान सबेरै उठ्नुहोस् । छिटो उठेर सरसफाइ सहित पूजापाठ गर्नुहोस् ।

२. लक्ष्मीपूजाको दिन नङ काट्नु हुँदैन । साथै दाह्री वा कपाल पनि काट्नु हुँदैन ।

३. पूजा गर्ने स्थलमा क्रमशः बायाँबाट दायाँतर्फ भगवान गणेश, लक्ष्मी, विष्णु, सरस्वती र कालीको मूर्ति राख्नुपर्दछ । त्यसपछि लक्ष्मण, राम र सीताको मुर्ति राखेर पूजा गर्नुपर्छ ।

४. लक्ष्मीपूजाको दिन उपहार दिन जाँदा छालाको वस्तु धारण गर्नु हुँदैन । साथै उपहारमा मिठाइ समेत थपेर दिनुहोस् ।

५. लक्ष्मी पूजा गर्दा तालि बजाउनु हुदैन, साथै ठुलो आवाजमा आरती समेत गाउनु हुदैन ।

६. लक्ष्मीपूजाको दिन झुट बोल्नु हुँदैन, तथा घरमा फोहोर राख्नु हुदैन । दया र दानको भावना राख्नुपर्दछ ।

७. देवी लक्ष्मीको पूजा गर्दा भगवान विष्णु साथमा नराखी उपासना गर्नुहुँदैन । यसलाई अपूरो मानिन्छ ।

८. लक्ष्मीपूजाको दिन पूजा कोठा सफा र हरेक सामग्री मिलाएर राखिएको हुनुपर्छ ।

९. लक्ष्मीपूजाको रातभरि अनिवार्य दियो बालेर राख्नुपर्दछ ।

१०. घरका सबै सदस्यले उत्तरतर्फ मुख फर्काएर उत्तरपूर्व दिशामा पूजा गर्नुपर्छ ।

११. पूजा गर्दा मात्र घिउमा दियो बाल्नुहोस्, दियो ११, २१ वा ५१ को संख्यामा हुनुपर्दछ ।

१२. आराधना गर्ने गणेशको मूर्तिको बसेको हुनुहुँदैन साथै सुँड दायाँतर्फ फर्केको हुनु हुँदैन ।

१३. लक्ष्मीपूजा गर्दा सकेसम्म रातो रंग भएका वस्तुको मात्र प्रयोग गर्नुपर्छ । अर्थात दियो, मैनबत्ति, फूल लगायतका वस्तु रातो हुनुपर्छ ।

१४. लक्ष्मीपूजा गर्दा शुरुमा गणेशको पूजा गर्नुपर्छ । कुनै पनि पूजामा गणेशको आराधना पहिले गर्नुपर्छ ।

१५. देवी लक्ष्मीलाई शान्तिप्रिय मानिन्छ, तसर्थ परिवारका सदस्यबीच सो दिन झगडा हुनुहुँदैन ।

१६. लक्ष्मीपूजामा घरका सबै सदस्यले एकैसाथ मिलेर लक्ष्मीको आराधना गर्नुपर्छ ।

१७. लक्ष्मीपूजाको दिन माछामासु, मदिरा तथा धूम्रपानको सेवन गर्नुहुँदैन ।

१८. लक्ष्मी पूजाको दिन सकेसम्म सात्विक तथा शाकाहारी भोजन गर्नुपर्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ६ : ११ बजे

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी

आन्दोलनरत दललाई वार्तामा आउन नवनियुक्त मुख्यमन्त्रीको आग्रह

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री  सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा

इराकमा आदिवासीबीच झडप, आठ जनाको मृत्यु

एजेन्सी– मध्य इराकमा कृषि जग्गाको विवादलाई लिएर भएको आदिवासी झडपमा