जनवरी १ मा नयाँ वर्ष नमनाउने ५ देश « Khabarhub

जनवरी १ मा नयाँ वर्ष नमनाउने ५ देश


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंग्रेजी नयाँ वर्ष २०२१ शुरु भएको ३ दिन मात्र भएको छ । यस अवसरमा विश्वभर उत्साहका साथ नयाँ वर्ष मनाइयो । तर विश्वमा नेपालसहित केही यस्ता देश छन् जो १ जनवरी अर्थात अंग्रेजी नयाँ वर्षको सट्टा आफ्नै मान्यता अनुसारको नयाँ वर्ष मान्दछन् । कुन कुन हुन् ती देश ?

१. नेपाल
नेपालमा जनवरी १ लाई नयाँ वर्षका रुपमा मनाइदैन । नेपालमा वैशाख १ गते अर्थात बिक्रम संवतको पहिलो महिनाको पहिलो दिनलाई नयाँ बर्षको रुपमा मनाइन्छ ।

२. म्यान्मार
म्यान्मारमा पनि जनवरी १ मा नयाँ वर्ष मनाइदैन । यहाँका मानिस १३ देखि १५ अप्रिलका बीचमा नया वर्ष मान्दछन् । म्यान्मारको नयाँ वर्षलाई तिजान भनिन्छ ।

३. ईरान
ईरानमा सूर्यले मेष राशीमा प्रवेश गरेको दिनमा मात्र नयाँ वर्ष मनाइन्छ । ईरानको नयाँ वर्षलाई नौरोज भनिन्छ । नौरोज मुख्यतः मार्च महिनामा पर्ने गर्दछ ।

४. थाईल्याण्ड
थाईल्याण्डमा पनि १ जनवरीमा नयाँ वर्ष मनाइदैन । यस देशमा पनि १२ देखि १५ अप्रिलको बीचमा नयाँ वर्ष मानिन्छ ।

५. जापान
जापानमा पनि १ जनवरीको सट्टा ५ जनवरी नयाँ वर्ष मनाइन्छ । यसअघि जापानमा २० जनवरीदेखि १९ फेब्रुअरीसम्म नयाँ वर्ष मनाउने गरिन्छ ।

६. भारत
हुनत भारतभर अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ लाई नै नयाँ वर्षको रुपमा मनाइन्छ । तर भारतको तमिलनाडु राज्यमा स्थानिय भाषाको तिथी पोंगलका दिन नयाँ वर्ष मनाइन्छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ९ : २५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका