साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटायो « Khabarhub

साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटायो


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरेबियाले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ ।

साउदीले कतारको हवाई क्षेत्र, भूमि र समुद्री सीमा सोमबार मध्यरातिबाट खोल्न सहमति जनाएको कुवेतका विदेशमन्त्री शेख डा. अहमद नासेर अल मोहम्मद अल सबाहले जानकारी दिए ।

कुवेतका शासक अमीर शेख नवाफको प्रस्तावको आधारमा साउदी अरेबिया र कतारबीच हवाई क्षेत्र, भूमी र समुद्री सीमाना खोल्ने सहमति भएको कुवेती विदेश अल सबाहलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

साउदीले जुन २०१७ मा युएइ, बहराइन र इजिप्टसँग मिलेर कतारले आतंकवादको समर्थन गरेको, इरानसंग  नजीक भएको, आर्थिक र कूटनीतिक सम्बन्ध बिच्छेद गरेको आरोप लगाए लगाउदै यी देशहरुले कतारमाथि भूमी, समुद्री र हवाई प्रतिबन्धसहित नाकाबन्दी लगाएका थिए ।

कतारले भने बारम्बार ती आरोपहरूलाई अस्वीकार गरिरहेको थियो र अझै पनि गरिरहेको छ । नाकाबन्दी अन्त्य भएसंगै कतारका अमीर शेख तामीम बिन हमाद अल थानीले आज  साउदीमा हुने ४१औँ खाडी सहयोग परिषद (जीसीसी) शिखर सम्मेलनमा भाग लिने छन्।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ८ : ४५ बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ