पोर्चुगल नेपाली महिला समाजको निःशुल्क सौन्दर्य तालिम « Khabarhub

पोर्चुगल नेपाली महिला समाजको निःशुल्क सौन्दर्य तालिम


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्वन– नेपाली महिला समाज पोर्चुगलले सोमबारदेखि नेपाली समुदायका दिदीबहिनीलाई निःशुल्क सौन्दर्यसम्बन्धी तालिम शुरु गरेको छ ।

कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनेपछि रोजगार गुमाएका र नेपालबाट नयाँ आएका दिदीबहिनीलाई फुर्सदको समय सदुपयोग गर्नका साथै सीप सिकाउने र आत्मनिर्भर बनाउने मुख्य उद्देश्यले तालिम आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।

पोर्चुगलको राजधानी लिस्बन क्षेत्रमा बसोबास गर्दै आएका १० नेपाली दिदीबहिनीको तालिममा सहभागिता छ । तालिम एक महिना सञ्चालन हुनेछ ।

तालिमको प्रशिक्षकका रूपमा पोर्चुगलमा लामो समय सौन्दर्य व्यवसायमा छुट्टै पहिचान बनाउन सफल व्यवसायी मीरा कार्की रहेको नेपाली महिला समाज पोर्चुगलका अध्यक्षले निर्मला खराल ढकालले बताइन ।

स्थापनाकालदेखि नै रचनात्मक एवं सिर्जनात्मक काममा सक्रिय नेपाली महिला समाजले समस्यामा परेका नेपालीलाई सहयोग, नेपाली संस्कृतिको प्रचारप्रसार, नेपालमा बालबालिका तथा महिलालाई आर्थिक सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ८ : ५५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा