२ दिनदेखि काठमाडौँ उपत्यका कुहिरोले ढाक्यो (फोटो फिचर) « Khabarhub

२ दिनदेखि काठमाडौँ उपत्यका कुहिरोले ढाक्यो (फोटो फिचर)



काठमाडौँ– काठमाडौँ उपत्यका २ दिनदेखि कुहिरोले ढाकेको छ । पश्चिमी वायूको प्रभावले काठमाडौँ उपत्यका कुहिरोले ढाकेको हो ।

काठमाडौँ उपत्यकामा कुहिरोले ढाकेसँगै यहाँको वायु प्रदूषण पनि दोब्बरले बढेको छ । योक्रम बुधबारसम्म जारी रहने जल

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार आइतबार भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्यूआई) १७३ रहेको थियो भने सोमबार भैंसेपाटीकै एक्यूआई ४०३ पुगेको छ ।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँमा हिजोदेखि घाम नलाग्नुको कारण पनि पश्चिमी वायुको प्रभाव रहेको भन्दै मौसमविद् डाक्टर ऋषिराम शर्माले काठमाडौँ उपत्यकाको वायु पनि धेरै खराब रहेको बताएका छन् ।

घर बाहिर हिडडुल गर्नेले पनि अहिलेको वायु प्रदूषणको अवस्था थाहा पाउन सक्ने बताउँदै जनस्वास्थ्यविदहरुले अहिले घरबाहिर ननिस्कन सुझाव पनि दिएका छन् । घरबाहिर हिँड्नेले आँखा पोल्ने गरेको तथा लगातार हेर्न समस्या भएको बताएका छन् ।

हेर्नुहोस् काठमाडौँ उपत्यकाको अहिलेको तस्वीर

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  २ : ३७ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार