२ दिनदेखि काठमाडौँ उपत्यका कुहिरोले ढाक्यो (फोटो फिचर) « Khabarhub

२ दिनदेखि काठमाडौँ उपत्यका कुहिरोले ढाक्यो (फोटो फिचर)



काठमाडौँ– काठमाडौँ उपत्यका २ दिनदेखि कुहिरोले ढाकेको छ । पश्चिमी वायूको प्रभावले काठमाडौँ उपत्यका कुहिरोले ढाकेको हो ।

काठमाडौँ उपत्यकामा कुहिरोले ढाकेसँगै यहाँको वायु प्रदूषण पनि दोब्बरले बढेको छ । योक्रम बुधबारसम्म जारी रहने जल

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार आइतबार भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्यूआई) १७३ रहेको थियो भने सोमबार भैंसेपाटीकै एक्यूआई ४०३ पुगेको छ ।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँमा हिजोदेखि घाम नलाग्नुको कारण पनि पश्चिमी वायुको प्रभाव रहेको भन्दै मौसमविद् डाक्टर ऋषिराम शर्माले काठमाडौँ उपत्यकाको वायु पनि धेरै खराब रहेको बताएका छन् ।

घर बाहिर हिडडुल गर्नेले पनि अहिलेको वायु प्रदूषणको अवस्था थाहा पाउन सक्ने बताउँदै जनस्वास्थ्यविदहरुले अहिले घरबाहिर ननिस्कन सुझाव पनि दिएका छन् । घरबाहिर हिँड्नेले आँखा पोल्ने गरेको तथा लगातार हेर्न समस्या भएको बताएका छन् ।

हेर्नुहोस् काठमाडौँ उपत्यकाको अहिलेको तस्वीर

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  २ : ३७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान