बागलुङकी मायाको पर्खाइमा नवलपुरका युवा « Khabarhub

बागलुङकी मायाको पर्खाइमा नवलपुरका युवा


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– मध्य नेपाल चितवन र लुम्बिनीको बीच खण्डमा रहेको नवलपुर जहाँका स्थानीय युवाहरुको सहकार्य र उनीहरुकै अभिनय रहेको गीत हालै मात्र ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।

‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ बोलको गीतमा राजेशकुमारको स्वर रहेको छ । नेपाली गीत संगीतको क्षेत्रमा नयाँ गीतकारको रुपमा पहिचान बनाएका राजेश चलचित्र रोजको ‘फूल होइन काँडा’, प्रेमगीत ३ को ‘हर युग होस् प्रेमको’, निदाउँकी सपनीमा , मोटरसाईकलमा जस्ता सर्वाधिक चर्चित गीतका रचयिता पनि हुन् । यो पटक ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ बोलको गीतमा भने उनी आफैले स्वर भरेका छन् ।

नवलपुरका युवाहरुको दमदार अभिनय रहेको भिडियोमा ममता, तिलक, बिदेश, निरज, रोशन र तिलकको भूमिका देख्न सकिन्छ । दीपक कौशलको शब्द संगीत र रमित श्रेष्ठ पाल्पालीको निर्देशन रहेको म्यूजिक भिडियोमा शहरिया ठिटो र गाउँमा संघर्षशील जीवन बिताइरहेकी सरल नारीबीचको माया प्रेमको भावलाई रोमाञ्चक तरिकाबाट प्रस्तुत गर्न खोजिएको छ । भिडियोमा नवलपुरका स्थानीय पर्यटकीय स्थल, नारायणी नदी र देवचुली अनि बरचुलीको पर्वतीय शृंखला समेत देख्न सकिन्छ ।

सुरज खनालले छायांकन गरेको गीतले बाग्लुङ, पाल्पा र पूर्वी नवलपरासीबीचको भौगोलिक निकटता अनि सम्बन्धलाई समेत झल्काएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ३ : ५५ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक