ओलीले संसद विघटन गरेर मुलुकमा अराजकता फैलाए : अध्यक्ष नेपाल (भिडियोसहित) « Khabarhub

ओलीले संसद विघटन गरेर मुलुकमा अराजकता फैलाए : अध्यक्ष नेपाल (भिडियोसहित)


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले ‘घाँडो’ भएको बताएका छन् ।

जनता समाजवादी पार्टीले आज बानेश्वरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओली घाँडो भएको बताएका हुन् ।

उनले संविधानमा प्रष्ट व्याख्या गरिएको हुँदाहुँदै पनि स्वेच्छाचारी ढंगले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकमा अराजकता फैलाएको आरोप लगाए ।

‘ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो। उहाँलाई पार्टीले अनुशासनको कारवाही गरेर पार्टीबाट बर्खास्त गरिसकेको छ,’ उनले भने।

उनले प्रधानमन्त्री केपी ओलीको अराजकशैलीको पार्टीभित्र विरोध भएको बताए । प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोचेर बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको समेत आरोप लगाए ।

यसैबीच आजै पेरिसडाडामा नेपाली कम्युनिस्ट आन्दोलनका नेता स्वनाम साथीको श्रद्धाञ्जली कार्यक्रममा उनले प्रधानमन्त्रीलाई सुझाव दिएपनि नकारात्मक रुपमा लिएको आरोप लगाएका छन । जनताको समस्याका बारेमा प्रधानमन्त्रीलाई सुझाव दिएपनि उनले त्यसलाई स्वीकार नगरेको आरोप लगाए ।

नेता नेपालले नेपालको परिवर्तन र कम्युनिस्ट आन्दोलनमा स्वर्गीय सोनाम साथीको योगदान महत्वपूर्ण रहेको जिकिर गरे ।

हेरौँ भिडियो

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ४ : ३५ बजे

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय

बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै

काठमाडौं- सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस

विदेशी चलखेलले राष्ट्रियता जोखिममा : माधव नेपाल

काठमाडौं– नेकपाका सह-संयोजक माधव कुमार नेपालले देश हाल ठूलो सङ्कटमा

संयुक्त मोर्चा बनाएर चाडपर्वपछि आन्दोलन गर्छौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वपछि सरकारका

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

बाँके– नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका सीमान्तकृत