परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । उनी जनावरी दोस्रो सातासम्म भारत जाने तयारी भइरहेको मन्त्रालय स्रोतले जानकारी दिएको हो ।

नेपाल-भारतको संयुक्त आयोगको छैँठौ बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली भारत जान लागेका हुन् ।

यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

मन्त्री ज्ञवालीले भ्रमणका क्रममा नेपाल-भारतबीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ।

डिसेम्बर दोस्रो साता भारत भ्रमणको लागि तयारी गरिएको भए पनि नेकपाभित्रको विवाद र संसद विघटनका कारण उक्त तयारी रोकिएको थियो ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ४ : ४५ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक