ओलीले संघीयता असफल बनाउन संसद विघटन गरेको नेता पुनको आरोप « Khabarhub

ओलीले संघीयता असफल बनाउन संसद विघटन गरेको नेता पुनको आरोप


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुन ‘अनन्त’ले संसद विघटन गर्ने प्रधानमन्त्रीको कुनै अधिकार नभएको दाबी गरेका छन् ।

मंगलबार जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै नेता पुनले संघीयता मन नपरेकै कारण असफल बनाउन प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाए ।

प्रधानमन्त्रीले विशेष अधिकार र काम गर्न नदिएको विषय उठाएको भन्दै उनले पार्टीको विवादले लोकतन्त्रलाई असर पार्न नपाईने तर्क गरे । पुनले संसद विघटन असंवैधानिक रहेको कुरा मन्त्रिपरिषदमा प्रधानमन्त्रीलाई जानकारी गराए पनि आफूखुसी मन्त्रिपरिषद्को बैठक राखेर संसद विघटन गरेको बताए ।

प्रधानमन्त्री ओलीले अहिले मात्रै नभएर यसअघि पनि पटक–पटक पार्टी फुटाउने प्रयास गरेको समेत पुनले दाबी गरे ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : ४८ बजे

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०