९० ले गरे प्लाज्मा दान « Khabarhub

९० ले गरे प्लाज्मा दान


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सञ्चालन गरेको कोरोना प्लाज्मा बैंकले चितवनसहितका जिल्लामा प्लाज्मा उपलब्ध गराउँदै आएको छ । केन्द्रले काठमाडौँ, भैरहवा र कपिलवस्तु जिल्लामा प्लाज्मा पठाइसकेको छ ।

बैंकमा हालसम्म ९० जनाले प्लाज्मा दान गरेका छन् । तीमध्ये पाँच महिला र ८५ पुरुष रहेका छन् । केन्द्रका प्र्रमुख रमेशकान्त पौडेलका अनुसार सङ्कलित प्लाज्मा ‘ओ’ पोजेटिभ ३५, ‘ए’ पोजेटिभ २५, ‘एबी’ पोजेटिभ १०, ‘बी’ पोजेटिभ २५ र ‘एबी’ नेगेटिभ एकजनाले प्लाज्मा दान गरेका थिए ।

सङ्कलित प्लाज्मामध्ये सबैभन्दा धेरै पुरानो मेडिकल कलेजमा ३९ वटा पठाइएको उनले जानकारी दिए । यस्तै भरतपुर अस्पतालमा १३, चितवन मेडिकल कलेजमा सात र नारायणी सामुदायिक अस्पतालमा आठवटा प्लाज्मा पठाइएको केन्द्रले जनाएको छ ।

काठमाडौँमा तीन, कपिलवस्तु र बुटवलमा एक/एकवटा प्लाज्मा थेरापीका लागि सङ्कलित प्लाज्मा पठाइएको हो ।

पौडेलका अनुसार अहिले केन्द्रमा १८ वटा प्लाज्मा रहेको छ । केन्द्रले चितवनको भण्डारा, भरतपुर, नारायणगढ र नवलपरासीको कावासोतीबाट प्लाज्मा सङ्कलन गरेको हो । केन्द्रमा आएर पाँचजनाले प्लाज्मा दिएको पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेस र चेम्बर अफ कमर्सले चितवन र नवलपरासीमा कार्यक्रमको आयोजना गरी प्लाज्मा सङ्कलन गर्न सहयोग पुर्‍याएका थिए । कोभिड–१९ का जटिल अवस्थाका बिरामीलाई प्लाज्मा थेरापी बिधिबाट उपचार गर्ने गरिन्छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ७ : ०१ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका