९० ले गरे प्लाज्मा दान « Khabarhub

९० ले गरे प्लाज्मा दान


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सञ्चालन गरेको कोरोना प्लाज्मा बैंकले चितवनसहितका जिल्लामा प्लाज्मा उपलब्ध गराउँदै आएको छ । केन्द्रले काठमाडौँ, भैरहवा र कपिलवस्तु जिल्लामा प्लाज्मा पठाइसकेको छ ।

बैंकमा हालसम्म ९० जनाले प्लाज्मा दान गरेका छन् । तीमध्ये पाँच महिला र ८५ पुरुष रहेका छन् । केन्द्रका प्र्रमुख रमेशकान्त पौडेलका अनुसार सङ्कलित प्लाज्मा ‘ओ’ पोजेटिभ ३५, ‘ए’ पोजेटिभ २५, ‘एबी’ पोजेटिभ १०, ‘बी’ पोजेटिभ २५ र ‘एबी’ नेगेटिभ एकजनाले प्लाज्मा दान गरेका थिए ।

सङ्कलित प्लाज्मामध्ये सबैभन्दा धेरै पुरानो मेडिकल कलेजमा ३९ वटा पठाइएको उनले जानकारी दिए । यस्तै भरतपुर अस्पतालमा १३, चितवन मेडिकल कलेजमा सात र नारायणी सामुदायिक अस्पतालमा आठवटा प्लाज्मा पठाइएको केन्द्रले जनाएको छ ।

काठमाडौँमा तीन, कपिलवस्तु र बुटवलमा एक/एकवटा प्लाज्मा थेरापीका लागि सङ्कलित प्लाज्मा पठाइएको हो ।

पौडेलका अनुसार अहिले केन्द्रमा १८ वटा प्लाज्मा रहेको छ । केन्द्रले चितवनको भण्डारा, भरतपुर, नारायणगढ र नवलपरासीको कावासोतीबाट प्लाज्मा सङ्कलन गरेको हो । केन्द्रमा आएर पाँचजनाले प्लाज्मा दिएको पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेस र चेम्बर अफ कमर्सले चितवन र नवलपरासीमा कार्यक्रमको आयोजना गरी प्लाज्मा सङ्कलन गर्न सहयोग पुर्‍याएका थिए । कोभिड–१९ का जटिल अवस्थाका बिरामीलाई प्लाज्मा थेरापी बिधिबाट उपचार गर्ने गरिन्छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ७ : ०१ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा